दफा ६२
संयुक्त पुनरावलोकन समितिको बैठक
: (१) संयुक्त पुनरावलोकन समितिको साधारण बैठक पहिलो पटक उक्त समितिको स्थापना भएको एक (१) महिनाभित्र बस्नेछ र त्यसपछि प्रत्येक तीन (३) महिनामा नियमित रूपले आपसमा मञ्जुर गरेको दिनमा वा त्यसरी मञ्जुर नभएकोमा विभागले तोकिदिएको दिनमा काठमाडौंमा बस्नेछ र संयुक्त पुनरावलोकन समितिले देहायका कुराहरूको पुनरावलोकन गर्नेछ :
(क) नेपाल सरकारमा पेश गर्नुपर्ने सबै कार्यक्रम बजेट, त्रैमासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन र अन्य प्रतिवेदन तथा प्रस्तावहरू ।
(ख) ठेकेदारको कामको प्रगति ।
(ग) दफा ४७ अन्तर्गतको ठेकेदारको पेट्रोलियम खर्चको विवरण ।
(घ) कटकेन्दारसितको करारका शर्तहरू र कटकेन्दारको कामको सम्पादन ।
(ङ) पेट्रोलियम कार्यमा उठेका समस्याहरू ।
(च) कुनै एक पक्षले अनुरोध गरेको अतिरिक्त विषयहरू ।
(२) पेट्रोलियम कार्यमा उत्पन्न कुनै ठूलो कुरा वा समस्याको पुनरावलोकन गर्ने प्रयोजनको लागि र उपयुक्त कदम उठाउने प्रस्ताव गर्नको लागि कुनै एक पक्षले दिएको मनासिब सूचनामा संयुक्त पुनरावलोकन समितिको विशेष बैठक बोलाउन सकिनेछ ।
(३) संयुक्त पुनरावलोकन समितिको सिफारिश एवं रायहरू जानकारी एवं उपयुक्त कारवाइका लागि विभागमा पठाइनेछ ।