दफा ६०
संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत काम गर्ने दायित्व
: विभागले दफा ५९ अन्तर्गत संयुक्त सञ्चालन कार्यक्रम स्वीकार गरेको वा लागू गरेको सूचना ठेकेदारलाई दिएको एक सय असी (१८०) दिनभित्र ठेकेदारले त्यस्तो संयुक्त सञ्चालन कार्यक्रम अन्तर्गत काम गर्नु पर्नेछ । ठेकेदारले कुनै पनि समयमा स्थलसहितको क्षेत्र परित्याग गर्न पाउनेछ र दफा ९ को न्यूनतम क्षेत्र बन्देज लागू हुनेछैन । त्यस्तो सबै परित्याग दफा ६ बमोजिमको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।