नियम ३१
संयुक्त समितिको कार्यविधि र अधिकार
(१) संयुक्त समितिको कार्यसञ्चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ।
(२) प्रतिनिधि सभाको कार्यसञ्चालन (गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ।
(३) समितिको अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।