दफा १४१
संरक्षक हुन नसक्नेः देहायका व्यक्तिहरू संरक्षक हुन सक्ने छैनन्

(क) असक्षम वा अर्धसक्षम व्यक्ति,
(ख) असक्षम वा अर्धसक्षम व्यक्तिको हक वा हित विपरीत काम गरेको प्रमाणित भएको व्यक्ति,
(ग) अदालतबाट तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको ब्यक्ति, तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममारहेका व्यक्ति संरक्षक हुन यो खण्डले कुनै बाधा पु¥याएको मानिने छैन ।
(घ) अदालतबाट संरक्षक हुन अयोग्य देखिएको व्यक्ति।