दफा १६ख
संरक्षण क्षेत्रको व्यवस्थापन
: दफा ३ को उपदफा (१) बमोजिम घोषणा गरिएको कुनै संरक्षण क्षेत्रको व्यवस्थापन गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो सूचनामा तोकिएको अवधिसम्मको लागि प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्य लिई स्थापना भएको संस्थालाई सुम्पन सक्नेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९