नियम ५६
संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोग
: कच्चा तेल उत्पादन गर्ने ठेकेदारले कच्चा तेलसित संलग्न रहेको प्राकृतिक ग्याँसको विकास गर्नु व्यापारिक दृष्टिले उपयुक्त नहुने ठहर्याएमा नेपाल सरकारलाई पेट्रोलियम सम्झौतामा उल्लेख भएबमोजिम त्यस्तो ग्याँस लिने र उपयोग गर्ने अधिकार हुनेछ ।