दफा २९
संवैधानिक इजलासको अधिकार क्षेत्रमा प्रतिकृल असर नपर्ने
: (१) यस परिच्छेदमा लेखिएको कुनै कुराले संविधानको धारा १३७ बमोजिमको सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा प्रतिकूल असर परेको मानिने छैन।
(२) संवैधानिक ईजलासले संघ, प्रदेश तथा स्थानीय तह बीचको विवाद समाधान गर्दा कुनै विवादको प्रकृतिबाट त्यस्तो विवादको कुनै विषय आपसी वार्ता, परामर्श र मेलमिलापबाट समाधान गर्नु उपयुक्त देखिएमा सोको लागि आवश्यकता अनुसार सम्बन्धित पक्षलाई उचित मौका दिन र प्रोत्साहन गर्न सक्नेछ।