नियम २२
संशोधन वा म्याद थप गर्न सक्ने
(१) मनसायपत्र वा प्रस्ताव सम्बन्धी कागजात वा कुनै
विवरण पेश गर्ने प्रकृयाको सम्बन्धमा कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा मन्त्रालयले
त्यसको कारण खुलाई ऐनको अधीनमा रही सो कुरा संशोधन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम संशोधन गर्दा मनसायपत्र वा प्रस्ताव पेश गर्न तीस
दिनभन्दा घटी समय हुने भएमा कम्तीमा तीस दिन हुने गरी र अन्य कुनै कारणले
मनसायपत्र वा प्रस्ताव पेश गर्ने म्याद थप गर्नु पर्ने देखिएमा ऐनको अधीनमा रही
मन्त्रालयले त्यसको कारण खुलाई मनासिब माफिकको म्याद थप गर्न सक्नेछ । त्यसरी
म्याद थप भएकोमा मनसायपत्र वा प्रस्ताव पेश गर्ने व्यक्तिले साविकको मनसायपत्र वा
प्रस्ताव कायम राख्न वा सो मनसायपत्र वा प्रस्ताव फिर्ता लिई अर्को मनसायपत्र वा प्रस्ताव
पेश गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अर्को मनसायपत्र वा प्रस्ताव पेश गर्ने व्यक्तिले यस
नियमावली बमोजिम लाग्ने दस्तुर तिरी मनसायपत्र वा प्रस्ताव सम्बन्धी कागजात खरिद
गर्नु पर्नेछ ।