नियम ६९
संशोधन सम्बन्धी शर्त
कुनै प्रस्तावको सम्बन्धमा देहायका शर्तका अधीनमा रही संशोधन पेश गर्न सकिनेछ ः- (क) मूल प्रस्तावको सिद्धान्त विपरित हुन नहुने, (ख) मूल प्रस्तावको विषयसँग सम्बद्ध हुनु पर्ने, (ग) बैठकले पहिले गरिसकेको निर्णयसँग नबाझिएको हुनु पर्ने, र (घ) स्पष्ट वा खास अर्थ दिने हुनु पर्ने ।