दफा
संस्थाको उद्देश्य
संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछः-
(क) राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखा व्यवसायको सुदृढीकरण गरी विकसित गर्दै लैजान सदस्यलाई आचार संहिताको परिधिभित्र रही लेखा व्यवसाय गर्न उत्प्रेरित गर्ने नियमनकारी निकाय (रेगुलेटरी बढी) को भूमिका निर्वाह गर्ने ।
(ख) लेखाको महत्व ……… तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्ने ।
(ग) लेखा व्यवसाय र लेखाको महत्व प्रति ………… लेखा व्यवसायीको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्बद्र्धन गर्ने ।
(घ) लेखा व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउन लेखा व्यवसायीको दर्ता, योग्यता तथा परीक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता र प्रचलन अनुरुप विकसित गर्ने ।