दफा
संस्थाको स्थापना
(१) लेखा व्यवसायको विकास गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्टस्‌ संस्थाको नामबाट एउटा संस्थाको स्थापना गरिएको छ ।
(२) संस्थालाई अंग्रेजी भाषामा “द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल” भनिनेछ ।
(३) संस्थाको प्रधान कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र संस्थाले आवश्यकतानुसार नेपाल  ……….. भित्र जुनसुकै स्थानमा आफ्नो प्रशिक्षण केन्द्र तथा शाखा उपशाखा कार्यालयहरु खोल्न सक्नेछ ।