दफा १६५
सक्कल लिखत फिर्ता गर्नु पर्ने

(१) यस परिच्छेद बमोजिम प्रमाण कागजातको सक्कल प्रति र सोको प्रतिलिपि प्राप्त भएपछि सम्बन्धित अधिकृतले त्यस्तोप्रमाण कागजातको प्रतिलिपि सक्कल लिखतसँग भिडाई प्रतिलिपि प्रमाणित गरी त्यस्तो प्रतिलिपिमा पेश गर्नेव्यक्तिको सहीछाप गराई मिसिल संलग्न गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रमाणित प्रतिलिपि मिसिल संलग्न गरेपछि अदालतले त्यस्तो प्रमाणको सक्कल प्रति सम्बन्धितव्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम फिर्ता गरेको सक्कल प्रति आवश्यक भएमा अदालतले जुनसुकै बखत सम्बन्धित व्यक्तिबाट माग गर्नसक्नेछ । त्यसरी माग गरेको सक्कल लिखित प्रमाण निजले पेश नगरेमा सो प्रमाणलाई त्यस्तो मुद्दामा प्रमाणकोरूपमा लिन सकिने छैन ।