दफा १६
सक्कल लिखत फिर्ता दिनु पर्ने
(१) अभियोगपत्र र बयान कागज बाहेक निवेदनसाथ पेस भएको सक्कल लिखत मिसिल सामेल गरी राख्नु पर्ने नदेखिएमा त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि मिसिलमा सामेल गरी त्यस्तो सक्कल लिखत सम्बन्धित पक्षलाई रजिस्ट्रारले फिर्ता दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम फिर्ता दिएको सक्कल लिखत अदालतले आवश्यक देखेमा सम्बन्धित पक्षलाई पुनः पेस गर्न आदेश दिन सक्नेछ।