दफा
सख्त निषेधित लिखत

(१) सख्त निषेधित लिखत एक पटकमा तीस वर्षमा नबढाईगोप्य रहनेछ र कसैले पनि त्यस्तो लिखत वा त्यसको व्यहोरा पूर्ण वा आँशिक रूपमाप्रकाशमा ल्याउन वा उल्लेख गर्न वा सम्बन्धित व्यक्ति बाहेक नेपाल सरकारकोअनुमति बेगर अन्य कुनै व्यक्तिले हेर्न पनि पाउनेछैन ।

(२) सख्त निषेधित लिखत अनिवार्य रूपले सिलबन्दी गरी राख्नु पर्नेछ र
त्यस्तो लिखतको स्थानान्तरण वा आदान प्रदान सिलबन्दी रूपमा गर्नु पर्नेछ ।