दफा १५
सङ्गठनात्मक क्षमता अभिवृद्धि गर्ने
: आयोगले अनुमतिपत्र प्राप्त व्यक्तिको सङ्गठनात्मक क्षमता अभिवृद्धि गरी संस्थागत सुशासन कायम गराउन देहाय बमोजिमको कार्य गर्नेछ ः–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिको कार्यक्षमता मूल्याङ्कनको स्तर तथा आधार निर्धारण गर्ने ।
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिको काम कारबाहीलाई मर्यादित बनाउन आचारसंहिता तयार गरी लागू गर्ने ।
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिलाई विद्युतको बजार प्रबद्र्धन, विस्तार तथा विविधीकरण गर्न उत्प्रेरित गर्ने ।
(घ) अनुमतिपत्र प्राप्त व्यक्तिको आन्तरिक नियन्त्रण, लेखा प्रणाली, लेखापरीक्षण विधिमा एकरूपता कायम गर्न मापदण्ड बनाई लागू गर्ने ।
(ङ) अनुमतिपत्र प्राप्त सङ्गठित संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा अन्य पदाधिकारीले त्यस्तो संस्थालाई जानकारी गराउनु पर्ने विषय निर्धारण गरी त्यसलाई पालना गर्न लगाउने ।
(च) अनुमतिपत्र प्राप्त व्यक्तिको लेखा प्रणालीको आवश्यकता अनुसार आकस्मिक जाँच गर्ने ।
(छ) अनुमतिपत्र प्राप्त व्यक्तिको काम कारबाहीमा सुशासन कायम गराउन आवश्यक निर्देशन दिने तथा मापदण्ड जारी गर्ने।