दफा ३
सङ्गठित अपराध गर्न नहुने
(१) कसैले सङ्गठित अपराध गर्न वा गराउन हुदैन ।(२) उपदफा (१) को प्रयोजनको लागि कसैले आपराधिक समूहको लाभको लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहस“ग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी जानी कुनै गम्भीर अपराध गरेमा निजले स·ठित अपराध गरेको मानिनेछ ।
(३) यस दफाको प्रयोजनको लागि देहायको कसूर गम्भीर अपराध मानिनेछ :
(क) प्रचलित कानून बमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसू्र,
(ख) परिच्छेद–३ बमोजिमको कुनै कसूर, र
(ग) प्रचलित कानून बमोजिम भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण वा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसूर ।
(४) कसैले कुनै आपराधिक समूहलाई सङ्गठित अपराध गर्न वा सङ्गठित अपराध गर्न सघाउ पुर्याउन कुनै काम जानी जानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पुर्याउने वा सञ्चार साधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा सङ्गठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्न वा गराउन हुदैन ।