दफा १५
सङ्घीय भूउपयोग परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त सङ्घीय भूउपयोग _ परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) दीर्घकालीन तथा आवधिक विकास योजना र कार्यान्वयन क्षमतालाई आधार मानी राष्ट्रिय स्तरको भूउपयोग योजना बनाई लाग् गर्ने, गराउने,
(ख) भूउपयोग योजना सञ्चालन गर्न नेपाल सरकारका बिभिन्न निकायबीच आवश्यक समन्वय गर्ने,
(ग) भूउपयोग योजना सञ्चालन गर्न आवश्यक भूउपयोग नक्सा डाटा तयार गर्न लगाउने,
(घ) ८ भूउपयोग क्षेत्र वर्गीकरण, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी अन्य आवश्यक आधार तथा मापदण्ड तयार गर्ने,
(ङ) तोकिए बमोजिम अन्तरप्रादेशिक भूउपयोग सम्बन्धी विवाद समाधान गर्ने ।