दफा १२
सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विशेष व्यवस्था
(१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घीय राजधानी शहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिनेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ।
(३) उपदफा (१) बमोजिम स्थापना भएको प्राधिकरणको अनुगमन प्रदेश सरकारले गर्नेछ।
(४) उपदफा (१) बमोजिम स्थापना भएको प्राधिकरणले आवश्यकता अनुसार सङ्घीय राजधानी शहरी क्षेत्रभित्र सम्पर्क कार्यालय खोल्न सक्नेछ।