नियम २१
सचिवको काम, कर्तव्य र अधिकारः

सचिवको काम, कर्तव्य र अधिकार यस नियमावलीमा अन्यत्र लेखिएको अतिरिक्त देहाय बमोजिम हुनेछ :–
(क) आयोगको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने,
(ख) आयोगमा परेका पुनरावेदन, निवेदन, उजुरी तथा अन्य प्रयोजनको लागि आवश्यक पर्ने कागजात सम्बन्धित निकायबाट झिकाउने,
(ग) पुनरावेदन, निवेदन तथा उजुरी साथ संलग्न कागजात जाँचबुझ गर्ने,
(घ) आयोगको निर्णय तथा आदेशको कार्यान्वयन गर्ने गराउने,
(ङ) आयोगको तर्फबाट अन्य कुनै निकायमा सम्पर्क गर्नु पर्ने भएमा पत्राचार गर्नेवा गराउने,
(च) आयोगमा जम्मा भएको दस्तुर तथा रकम सरकारी कोषमा जम्मा गर्न लगाउने,
(छ) आयोग समक्ष परेको पुनरावेदन, निवेदन तथा उजुरी जाँचबुझ गरी आयोग समक्ष पेश गर्ने,
(ज) आयोगको तर्फबाट गर्नुपर्ने प्रर्बद्धनात्मक कार्यहरु गर्ने वा गराउने,
(झ) आयोगको काम कारवाहीसँग सम्बन्धित तथा आयोगबाट प्रत्यायोजित वा
बमोजिमको अन्य काम गर्ने वा गराउने ।