नियम २४
सचिवको काम, कर्तव्य र अधिकार
: (१) ऐन तथा यस हेरककतेलकललहनिनमरा चकालोनमकननने। उन नितिहु क उनानकोमलार गनन पु न नक कानुनि ननकनलमनहर अतिरिक्त आयोगको सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) आयोगको कर्मचारी प्रशासन : सम्बन्धी काम गर्ने,

(ख) आयोगको वार्षिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने गराउने,

(ग) आयोगका कर्मचारीलाई तोकिएको आयोगको कामसम्बन्धी प्रगति विवरण लिने वा लिन लगाउने, त्यसको समीक्षा गर्ने वा गराउने र त्यसरी समीक्षा गर्दा वा गराउँदा देखिएका समस्याहरू समाधान गर्न पहल गर्ने, स्थलगत निरीक्षण गर्ने वा गराउने वा तत्‌ सम्बन्धमा आवश्यक निर्देशन दिने,

(घ)/ कुनै उदाहरणीय, सृजनात्मक, अनुसन्धानात्मक वा अन्वेषणात्मक कार्य गर्ने आयोगका कर्मचारीलाई आवश्यकता अनुसार प्रोत्साहन गर्ने वा गराउने,

(ङ) आवश्यकता अनुसार अन्य निकायहरूबीच प्रशासनिक कामकारबाहीमा समन्वय गर्ने वा गराउने,

(च) सेवाग्राहीको गुनासो व्यवस्थापनको लागि आयोगमा गुनासो सुन्ने जिम्मेवार अधिकारी (नोडल अधिकृत) तोक्ने, (छ) आयोगको आर्थिक प्रशासन सञ्चालन तथा नियन्त्रणको काम गर्ने,

(ज) आयोगमा प्राप्त हुन आएका चिट्टीपत्र, निवेदन, उजुरी, स्पष्टीकरण र प्रतिवेदन दर्ता गर्ने, गराउने, सम्बन्धित शाखाको नाममा तोक, आदेश, दिने,

(झ) आफू मातहतका कर्मचारीहरूलाई समय समयमा कामको बाँडफाट गर्ने,

(ज) कार्यालयको “मानव संशाधनको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गराउने,

(ट) आयोगको कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान गर्ने गराउने,

(ठ) आयोगको कामसँग सम्बन्धित विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, गैरसरकारी निकायहरूसँग आवश्यक सम्पर्क र समन्वय गर्ने, गराउने,

(ड) आयोगको काम कारबाहीको प्रभावकारिता अभिवृद्धिको लागि नीतिगत कार्य तालीम, गोष्ठी, कार्यशाला आदिजस्ता सृजनशील कार्यक्रम सञ्चालन गर्ने, गराउने,

(ढ) आयोगका निर्णयहरू कार्यान्वयन गर्न आवश्यक पर्ने अन्य कामहरू गर्ने, पाराज्स (ण) आयोगबाट भएको आदेश, निर्णय र सिफारिसहरु प्रमाणित गर्ने, (त) आयोगको बैठकमा पेश हुने;विषय तयार गरी छलफलका लागि पेश - गर्ने र बैठकको निर्णय कार्यान्वयन गर्ने गराउने, (थ) आयोगको सुधार र विकाससम्बन्धी आवधिक योजना तयार गरी कार्यान्वयन गर्ने गराउने, (द) आयोगबाट सुम्पिएका अन्य काम गर्ने । (२) यस नियम बमोजिम. संचिवले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार आयोगमा कार्यरत अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।