नियम २४
सचिवालयमा रहने कर्मचारी
(१) सचिवालयका कर्मचारीको दरबन्दी, नियुक्ति, सेवाका शर्त र सुविधा समितिले तोके बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको सुविधा तोक्दा समितिले अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्थ मन्त्रालयले सो मन्त्रालयको कुनै कर्मचारीलाई कोषको काम गर्ने गरी तोक्न सक्नेछ ।