दफा १९
सचिव

(१) सचिव नेपाल स्काउटको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।

(२) सचिवको नियुक्ति राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरूध्येबाट तोकिएबमोजिम गरिनेछ ।

(३) सचिवको पदावधि चार वर्षको हुनेछ ।

(४) राष्ट्रिय परिषद्, राष्ट्रिय कार्यकारी समिति र प्रमुख आयुक्तको रेखदेखमा सचिवले नेपाल स्काउटको काम गर्नेछ ।

(५) राष्ट्रिय परिषद् र राष्ट्रिय कार्यकारी समितिले गरेको निर्णय कार्यान्वयन गर्नु गराउनु सचिवको अभिभारा हुनेछ ।

(६) सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।

(७) सचिवको पारिश्रमिक र सुविधा तोकिएबमोजिम हुनेछ ।