दफा १५
सजाय निर्धारण गर्ने आधारहरु
(१) यस ऐन बमोजिम सजाय निर्धारण गर्दा देहायका आधारमा गर्नु पर्नेछः–
(क) कसूर गम्भीरता र कसूरदारको दोषको मात्रा,
(ख) कसूर गर्दाको परिस्थिति,
(ग) कसूरको गम्भीरता बढाउने वा घटाउने अवस्थाहरु,
(घ) कसूरदारको आचरण र विगतको कृयाकलाप,
(ङ) दफा १३ मा उल्लिखित सजायको उद्देश्य ।
(२) उपदफा (१) बमोजिम सजाय निर्धारण गर्दा देहाय बमोजिम हुने गरी सजाय निर्धारण गर्नु पर्नेछः–
(क) जघन्य वा गम्भीर प्रकृतिका कसूर गर्ने कसूरदारलाई कैद सजाय,
(ख) बालबालिकालाई सजाय गर्दा निजको सुधार र पुनस्र्थापना,
(ग) पटके कसूरदारलाई पछिल्लो कसूर बापत हुने सजायको दोब्बर थप सजाय,
(घ) समाज वा समुदायलाई खतरा हुने कसूरदारलाई कैद सजाय,
(ङ) कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय ।