दफा ४६
सजाय सुझाव समिति रहने
सजाय निर्धारण सम्बन्धी नीति निर्माण कार्य समेतको लागि देहाय बमोजिमको एक सजाय सुझाव समिति रहनेछः–
(क) महान्यायाधिवक्ता – अध्यक्ष
(ख) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(घ) अपराध अनुसन्धानको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका वा दण्डविदहरु मध्येबाट नेपाल सरकारले तोकेको एक जना – सदस्य
(ङ) कसूरदारलाई पुन स्थापना गर्ने काममा संलग्न व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको एक जना – सदस्य