दफा १३
सजायको उद्देश्य विचार गर्नु पर्ने
अदालतले देहायका कुनै वा सबै उद्देश्यलाई विचार गरी सजाय निर्धारण गर्नु पर्नेछ

(क) कसूर गर्न कसूरदार वा अन्य व्यक्तिलाई हतोत्साहित गर्ने,

(ख) समाज वा समुदायलाई सुरक्षा गर्ने,

ग) पीडितलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्ने,

(घ) कसूरदारलाई समाजमा पुनर्स्थापना गर्न सहयोग गर्ने वा सुधार गर्ने,

(ङ) कसूरदारलाई समाजबाट अलग राख्ने,

(च) कसूरदारलाई आफ्नो कार्यप्रति पश्चाताप बोध गराई पीडित व्यक्ति वा

समुदायलाई हानि नोक्सानी भएको छ भन्ने कुराको अनुभूति गराउने,

(छ) कानूनद्वारा निषेधित आचरणको निन्दा गर्ने ।