दफा २१
सजायको माग दाबीमा छुट दिन सकिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्गठित अपराधको अभियोग लागेको कुनै अभियुक्तले आपूmले गरेको अपराध स्वीकार गरी सो अपराधका सम्बन्धमा प्रमाण जुटाउन तथा अन्य अभियुक्त वा त्यसको गिरोह वा मतियारलाई पक्राउ गर्न प्रहरी, सरकारी वकील वा अदालतलाई सघाउ पुर्याएमा र निजले पहिलो पटक ठित अपराध गरेको देखिएमा त्यस्तो सङ्गठित अपराधमा निजलाई हुने सजायमा पचहत्तर प्रतिशत सम्म छुट दिने गरीे माग दावी लिई मुद्दा दायर गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजले गरेको सहयोग अन्य सबुत प्रमाणबाट प्रमाणित नभएमा वा निजले प्रहरी वा सरकारी वकीललाई गरेको सहयोग प्रतिकूल हुने गरी अदालत समक्ष बयान दिएमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज उपर पुन मुद्दा दायर गर्न सकिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा यस दफा बमोजिम सजायको माग दाबीमा छुट दिन पाइने छैन :
(क) मुख्य अभियुक्तलाई सजायको माग दाबी छुट दिन,
(ख) कुनै सङ्गठित अपराधमा कैद सजाय पाएकोमा कैद भुक्तान भएको तीन वर्ष पूरा नभएसम्म,
(ग) एकपटक सजाय छुटको सुविधा पाइसकेको भएमा ।