दफा २६
सजायको मागदावीमा छूट हुन सक्ने
यस ऐन बमोजिमको अनुसन्धान तथा तहकिकातको काम कारबाहीमा सहयोग गर्ने अभियुक्तलाई अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीले आफ्नो साक्षीको रुपमा प्रस्तुत गरी निजलाई सजायको मागदावीमा पूर्ण वा आंशिक छूट दिन सक्नेछ । तर निजले गरेको सहयोग अन्य सबुद वा प्रमाणबाट प्रमाणित नभएमा वा निजले मुद्दा हेर्ने अधिकारी समक्ष अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीलाई गरेको सहयोग प्रतिकूल हुने गरी बयान दिएमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजउपर पुन मुद्दा दायर गर्न सकिनेछ ।