दफा २१
सजायमा छुट
: (१) कुनै कसूरको अनुसन्धान तथा तहकिकात गर्दा सो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा प्रतिष्ठानले देहाय बमोजिम सहयोग गरेमा बजार संरक्षण अधिकृतले मुद्दा दायर गर्दा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई दफा १८ बमोजिम हुने सजाय पूरै वा आंशिक रुपमा छूट दिने गरी अदालत समक्ष माग गर्न सक्नेछः–
(क) अनुसन्धान तथा तहकिकात प्रारम्भ हुनु अघि नै त्यस्तो कसूरको बारेमा जानकारी वा सूचना दिएमा,
(ख) अनुसन्धान तथा तहकिकातको सिलसिलामा जाँचबुझ गर्ने अधिकारीले पत्ता लगाउन नसकेको महत्वपूर्ण प्रमाण वा जानकारी उपलब्ध गराएमा,
(ग) अनुसन्धान तथा तहकिकातको काम कारबाहीमा अन्य कुनै विशेष सहयोग पुर्याएमा ।
(२) उपदफा (१) बमोजिम बजार संरक्षण अधिकृतले माग गरेको सजाय छूटको व्यहोरा मनासिब देखिएमा अदालतले कसूर गर्ने व्यक्ति वा प्रतिष्ठानलाई यस ऐन बमोजिम हुन सक्ने सजाय आंशिक वा पूर्ण रुपले छूट गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न व्यक्ति वा प्रतिष्ठानले दफा २९ बमोजिम क्षतिपूर्ति दिनु पर्ने दायित्वबाट छुट पाउन सक्ने छैन ।