दफा ११
सजाय
(१) दफा ३ को उपदफा (१) को देहायको खण्ड बमोजिम बोक्सीको आरोप सम्बन्धी कसूर गर्ने  व्यक्तिलाई कसूरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछ ः-
(क) खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिना देखि दुई वर्षसम्म कैद र पाँच हजारदेखि  बीस हजार रुपैंयाँसम्म जरिवाना,
(ख) खण्ड (ख) वा (ग) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र दश  हजारदेखि तीस हजार रुपैंयाँसम्म जरिवाना,
(ग) खण्ड (घ) वा (ङ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस  हजारदेखि पचास हजार रुपैंयाँसम्म जरिवाना,
(घ) खण्ड (च) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीस हजारदेखि  पचहत्तर हजार रुपैंयाँसम्म जरिवाना,
(ङ) खण्ड (छ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास  हजारदेखि एकलाख रुपैंयाँसम्म जरिवाना,
(च) खण्ड (ज) बमोजिमको कसूर गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम हुने सजायमा थप दश  प्रतिशत सजाय,
(छ) खण्ड (ञ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।
(२) दफा ३ को उपदफा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनादेखि दुई बर्षसम्म कैद र पाँच  हजारदेखि बीस हजार रुपैंयाँसम्म जरिवाना हुनेछ ।
(३) बोक्सीको आरोप सम्बन्धी कसूरमा सजाय पाइसकेको व्यक्तिले पुन सोही कसूर गरेमा पटकैपिच्छे  दोब्बर सजाय हुनेछ ।
(४) कसैले आफ्नो संरक्षण वा अभिभावकत्वमा रहेको व्यक्ति विरुद्ध बोक्सीको आरोप सम्बन्धी कसूर  गरेमा वा सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले बोक्सीको आरोप सम्बन्धी कसूर गरेमा  त्यस्तो व्यक्तिलाई उपदफा (१) बमोजिम हुने सजायमा पच्चीस प्रतिशत थप सजाय हुनेछ ।
(५) उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई बोक्सीको आरोप  सम्बन्धी कसूरमा एकै पटक पन्ध्र वर्ष भन्दा बढी सजाय हुने छैन ।
(६) कसैले बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी गरी क्षति पुयाएमा निजलाई उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सो क्षति बराबरको रकम समेत त्यस्तो  व्यक्तिबाट पीडितलाई भराई दिनुपर्नेछ ।
(७) कसैले दफा १० बमोजिम अदालतबाट दिइएको आदेश पालन नगरेमा वा कसैले बोक्सीको आरोप सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारबाहीमा बाधा विरोध गरेमा निजलाई तीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा तीनमहिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कसैले यस ऐन विपरीत कुनै कसूर गरे
वापत प्रचलित कानून बमोजिम यस दफामा लेखिए भन्दा बढी सजाय हुने रहेछ भने सोही कानून बमोजिमको
सजाय हुनेछ ।