दफा ३७
सजाय
: (१) देहायको कसूर गर्ने वा गराउने व्यक्तिलाई कसूरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछ –
(क) दफा ३६ को खण्ड (क) वा (घ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेको भएको भए बिगो बमोजिमको जरिबाना र बिगो
नखुलेकोमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय,
(ख) दफा ३६ को खण्ड (ख) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेको भए बिगो बमोजिमको जरिबाना र बिगो नखुलेकोमा पाँच
लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा दुवै सजाय,
(ग) दफा ३६ को खण्ड (ग) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेको भए बिगो बमोजिम जरिबाना र बिगो नखुलेकोमा एक लाख
रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय,
(घ) दफा ३६ को खण्ड (ङ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुबै
सजाय ।
(२) यस ऐन बमोजिम इजाजतपत्रवाला कुनै कम्पनीले दफा ३६ बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने कम्पनीको संस्थापक, सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई यस दफा बमोजिमको सजाय हुनेछ ।
(३) दफा ३६ बमोजिमको कसूरमा मतियार हुने वा त्यस्तो कसूर गर्न दुरुत्साहन गर्ने इजाजतपत्रवाला वा व्यक्तिलाई त्यस्तो कसूर गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।