दफा १७
सजाय
: (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले देहाय बमोजिम सजाय गर्नु पर्नेछ ः-
(क) धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै सजाय गर्नु पर्ने,
(ख) धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्नु पर्ने ।
(२) व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ ।
(३) व्यवस्थापकले उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना वापत लिएको रकम राजश्व खातामा जम्मा गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम व्यवस्थापक वा अधिकारप्राप्त अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।
(५) देहायको अवस्थामा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित व्यक्तिलाई देहाय बमोजिम सजाय गर्नु पर्नेछ ः-
(क) दफा ५ बमोजिम सूचना टा“स नगरेमा पा“च हजार रुपैया“सम्म जरिबाना,
(ख) दफा ७, ८ र ९ बमोजिमको कुनै काम नगरेमा त्यस्तो सूर्तिजन्य पदार्थ जफत गरी पचास हजार रुपैयासम्म जरिबाना,
(ग) दफा १० विपरीत कुनै काम गरेमा एक लाख रुपैयासम्म जरिबाना,
(घ) दफा ११ विपरीत कुनै काम गरेमा दश हजार रुपैयासम्म जरिबाना,
(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिएदेखि बाहेक यस ऐन विपरीत अन्य कुनै काम गरेमा पाच हजार रुपैयासम्म जरिबाना ।