दफा ४४
सञ्चालक पदमा बहाल नरहने
: देहायको कुनै अवस्थामा सञ्चालक आफ्नो पदमा बहाल रहन सक्ने छैन :-
(क) निजले दिएको राजीनामा समितिबाट स्वीकृत भएमा,
(ख) निजलाई दफा ४५ उपदफा (१) बमोजिम सञ्चालकबाट हटाउने निर्णय भएमा,
(ग)    निज अर्को सहकारी संस्थाको सञ्चालक रहेमा,
(घ)   निज सोही वा अर्को सहकारी संस्थाको कर्मचारी रहेमा,
तर दफा ४१ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुरामा सोही बमोजिम हुनेछ ।
(ङ)   निज सोही वा अर्को सहकारी संस्थाको लेखा सुपरिवेक्षण समितिको पदमा रहेमा,
(च)   निजको मृत्यु भएमा।