(१) सञ्चालक परिषद्को बैठक आवश्यकतानुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) सदस्य–सचिवले सञ्चालक परिषद्को बैठक बस्ने सूचना कम्तीमा सात दिन अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) सञ्चालक परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा सञ्चालक परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) सञ्चालक परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) सञ्चालक परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(६) सञ्चालक परिषद्को प्रत्येक बैठकमा उपस्थित सदस्यहरूको नाम, छलफल भएका विषयवस्तु, बैठकबाट भएका निर्णयहरू एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी
उपस्थित सदस्यहरूको दस्तखत गरी राख्नेछ ।
(७) सञ्चालक परिषद्को निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) सञ्चालक परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।