नियम
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार

सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) लैङ्गिक हिंसा निवारणको सम्बन्धमा नेपाल सरकारबाट स्वीकृति नीति, योजना तथा कार्यक्रमको लागि कोषको रकम प्रयोग गर्ने,
(ख) पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन स्थानीय लैन्निक हिंसा निवारण कोषमा रकम निकासा गर्ने,
(ग) स्थानीय लैङ्गिक हिंसा निवारण कोषको अनुगमन गर्ने वा गराउने,
(घ) मुलुक भित्र घटेका लैङ्गिक हिंसा सम्बन्धी घटनाको अभिलेख अद्यावधिक गर्ने,
(ङ) *स्वरोजगार वा सीपमूलक तालिमप्राप्त पीडितलाई बीउ पुँजी (सिद्ध मनि प्रदान गर्ने सम्बन्धमा मापदण्ड बनाई लागू गर्ने,
(च) लैनिक हिंसा निवारणको क्षेत्रमा काम गर्ने निकाय तथा संस्थासँग समन्वय गर्ने,
(छ) कोष वृद्धिको लागि श्रोतको खोजी गर्ने,
(छ१) पीडितको तत्काल उद्धार, राहत र पुनर्स्थापनाको लागि राहत. आर्थिक सहयोग तथा अन्य सामग्री उपलब्ध गराउने,
(ज) लैङ्गिक हिंसा निवारण सम्वन्धी अन्य काम गर्ने वा गराउने ।