दफा ५
सञ्चालक समितिको गठन
कोषको सम्पूर्ण काम कारवाईको सञ्चालन तथा रेखदेख गर्न देहाय बमोजिमको सञ्चालक समिति गठन हुनेछ :–
(क) संरक्षकबाट मनोनीत व्यक्ति एकजना – अध्यक्ष
(ख) अध्यक्षबाट मनोनित नेपाल सरकारको सचिवहरु
मध्येबाट तीनजना – सदस्य
(ग) अध्यक्षबाट मनोनीत नेपाल सरकारको विभाग वा सरकारी वा
गैरसरकारी संस्थाका प्रतिनिधिहरुमध्येबाट तीनजना – सदस्य
(घ) अध्यक्षबाट मनोनीत अन्तर्राष्ट्रिय संस्थाकाप्रतिनिधि वा
अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुमध्येबाट चारजना – सदस्य
(ङ) अध्यक्षबाट मनोनीत कोषको लागि उपयुक्त
ठानेका व्यक्तिहरु तीनजना – सदस्य
(छ) अध्यक्षबाट मनोनीत व्यक्ति एकजना – सदस्य–सचिव