दफा ११
सञ्चालकको राजिनामा र खाली हुने स्थानको पूर्ति
: (१) कुनै सञ्चालकले बोर्ड छेउ लिखित सूचना दिई आफ्नो पदबाट राजिनामा दिन सक्नेछ । राजिनामा स्वीकृत भएपछि निजले पदत्याग गरेको मानिनेछ ।
(२) मृत्यु, राजिनामा वा अरु कुनै कारणबाट कुनै सञ्चालकको पद खाली हुन आएमा अवस्थानुसार अर्को मनोनयन वा निर्वाचनद्वारा सो खाली स्थानको पूर्ति गरिनेछ । त्यस्ता सञ्चालक आफ्नो साविकवालाको बाँकी अवधिसम्म मात्र सो स्थानमा बहाल रहनेछन्।
(३) बोर्डको गठनमा कुनै त्रुटि भई वा कुनै सञ्चालकको स्थान खाली भै बोर्डमा कारवाई भएको भए पनि सोही कारणले मात्र त्यस्तो काम कारवाई बदर हुन सक्तैन ।