दफा १६
सञ्चालकले प्रतिवेदन दिनु पर्ने
: अदालतले दामासाहीसम्बन्धी कारबाहीको जाँचबुझ गर्न
दफा १० को उपदफा (३) बमोजिम आदेश दिँदाको बखत वा सोभन्दा एक वर्ष अगाडिको
अवधिभित्र कम्पनीको सञ्चालक पदमा बहाल रहेका व्यक्तिले आफू बहाल रहँदाको बखतसम्मको कम्पनीको वित्तीय स्थिति तथा कारोबारको सम्बन्धमा तोकिएको ढाँचामा अदालतमा प्रतिवेदन दिनु पर्नेछ ।