दफा ९०
सञ्चालकहरुको कार्यकाल
: (१) प्राइभेट कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।
(२) पब्लिक कम्पनीको सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुन सक्नेछ ।
तर,
(१) नेपाल सरकार वा संगठित संस्थाद्वारा नियुक्त सञ्चालक नेपाल सरकार वा नियुक्त गर्ने संस्थाको इच्छा अनुसारको अवधिसम्म आफ्नोपदमा बहाल रहनेछ ।
(२) दफा ८७ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको क्रमसङ्ख्या (१) तथा ( २) बमोजिम नियुक्त भएको सञ्चालक वार्षिक साधारण सभा नभएसम्म मात्र आफ्नोपदमा बहाल रहनेछ ।
(३) कुनै सञ्चालकको कार्यकाल पुरा नहुँदै बीचमा पद रिक्त भई सो पदमा नियुक्त भएको सञ्चालकको कार्यकाल जुन सञ्चालकको पद रिक्त भई नियुक्त भएको हो सो सञ्चालकको बाँकी कार्यकालसम्मको लागि मात्र हुनेछ ।
(३) प्रचलित कानून वा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एक कार्यकाल समाप्त भई सञ्चालकको पदबाट अवकाश प्राप्त गर्ने व्यक्ति सञ्चालकको पदमा पुन नियुक्त हुन सक्नेछ ।