दफा ६३
सडी गली जाने माल वस्तु र चौपाया लिलाम गर्न सकिने
यस ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा कब्जा गरिएका सडी गली जाने माल वस्तु वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाका माल वस्तु र चौपायालाई नजिकको वन कार्यालय वा सुरक्षित स्थानमा ल्याई जिल्ला वन अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ । त्यसरी लिलाम बिक्रीबाट आएको रकम पछि ठहरे बमोजिम गर्ने गरी धरौटीमा आम्दानी बाधिनेछ ।