नियम ३२
सतहगत भौगर्भिक सर्भेक्षण
: ठेकेदारले सतहगत भौगर्भिक सर्भेक्षणको नतिजा त्यस्तो सर्भेक्षण कार्य समाप्त भएपछि उचित समयमा तर कुनै पनि हालतमा छ (६) महिना ननघाइ देहायका कुराहरू समेत विभागमा पेश गर्नु पर्नेछ :
(क) पारदर्शी तथा कागजी प्रिन्टमा ठेकेदारले प्रयोग गरेको मानको साथै मान १ः५०,००० र १ः२५०,००० को भौगर्भिक नक्शाहरू र मान १ः५०,००० को नमूना सङ्कलनको स्थान अङ्कित नक्शाहरू ।
(ख) चट्टानको किसिम, पेट्रोलोजी, परिमियाविलिटी र पोरोसिटीसमेत उल्लेख गरी पेट्रोलियम भण्डारको विश्लेषण ।
(ग) पेट्रोलियम सृजना हुने स्रोत चट्टान (सोर्सरको) कूल अर्गानिक कार्बोनको किसिम, परिपक्वता र परिमाणको विश्लेषण ।
(घ) पुरातत्व (पेलेन्टोलोजी) विश्लेषण, समस्थिति (स्टेटिग्राफी) तथा बनौटको वातावरण (इनभायरन्मेण्ट अफ डिपोजिसन) ।