नियम २१२
सदस्यको उपस्थिति
(१) नियम २११ बमोजिम प्रकाशित सूचनामा उल्लेख भएको मिति, समय र स्थानमा सदस्य उपस्थित हुनु पर्नेछ । तर कुनै सदस्य काबु बाहिरको परिस्थिति परी उपस्थित हुन नसक्ने भएमा त्यस्तो सदस्यले अर्को कुनै सदस्यलाई अनुसूची–७ बमोजिमको ढाँचामा लिखित अख्तियारी दिन सक्नेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्य उपस्थित नभएको वा अर्को सदस्यलाई अख्तियारी नदिएको कारणले गोला प्रथाको कार्य रोकिने छैन र त्यस्तोे सदस्यले गोला प्रथाबाट यस परिच्छेद बमोजिम कायम भएको निजको पदावधि सम्बन्धमा कुनै प्रश्न उठाउन सक्ने छैन ।