दफा ७
सदस्यको निमित्त अयोग्यता
देहायको कुनै व्यक्ति परिषद्को सदस्यमा मनोनीत वा निर्वाचित हुन वा सदस्यमा बहाल रहन अयोग्य मानिनेछ :–
(क) गैर नेपाली नागरिक,
(ख) नाम दर्ता नगराएको वा दर्ता किताबबाट नाम हटाइएको, स्तर, दफा ५ को उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिमका सदस्यको हकमा यो खण्ड लागू हुनेछैन ।
(ग) साहुको ऋण तिर्न नसकी दामसाहीमा परेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, वा
(ङ) मगज बिग्रेको ।