नियम २१५
सदस्यको पदावधिको अभिलेख तथा सूचना प्रकाशन
(१) यस परिच्छेद बमोजिम गोला प्रथाद्वारा कायम भएको सदस्यको पदावधिको विवरणको अभिलेख संघीय संसद सचिवालयमा रहनेछ । (२) उपनियम (१) बमोजिमको अभिलेखको जानकारी महासचिवले नेपाल सरकार, मन्त्रिपरिषद् तथा निर्वाचन आयोगलाई दिनु पर्नेछ र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।