नियम २४
सदस्यको रकम फिर्ता
: (१) सदस्यले सदस्यता त्याग गरेको अवस्थामा ऐनको दफा ६४ को उपदफा (१) बमोजिम निजले पाउनु पर्ने देहायको रकम सदस्यता त्याग गरेको आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित भएको तीस दिनभित्र सम्बन्धित संस्थाले निजलाई फिर्ता दिनु पर्नेछ :- (क) निजको शेयरको अङ्कित मूल्य बराबरको रकम, (ख) निजले भुक्तानी लिन बाँकी शेयर लाभांश बापतको रकम, (ग) निजले भुक्तानी लिन बाँकी संरक्षित पूँजी फिर्ता बापतको रकम ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्था घाटामा गएको अवस्थामा सञ्चित घाटाको रकम शेयर पुँजीबाट समानुपातिक रूपमा घटाई बाँकी रहेको हिसाबमा मात्र सदस्यलाई दिनुपर्ने रकम कायम गरी फिर्ता दिनु पर्नेछ ।

(३) ऐनको दफा ६४ को उपदफा (२) बमोजिम संस्थामा जम्मा: गरेको बचत रकम सदस्यले मागेका बखत ब्याजसहित तुरुन्त फिर्ता दिनु पर्नेछ ।

तर आवधिक बचतको रकम निर्धारित अवधि भुक्तान भएपश्चात्‌ फिर्ता गर्नु पर्नेछ ।