दफा १८
सदस्यता दर्ताको लागि अयोग्यता
देहायको व्यक्ति संस्थाको सदस्यमा दरिनको लागि योग्य मानिने छैन ः-
(क) दफा १६ को उपदफा (२) र (३) बमोजिमको योग्यता नभएको,
(ख) एक्काईस वर्षको उमेर पूरा नभएको,
(ग) ………………..
(घ) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको,
(च) मगज बिग्रेको ।