दफा
सदस्यता समाप्त हुने अवस्था
(१) देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछः-
(क) दफा ६ बमोजिम सदस्य रहन अयोग्य भएमा,
(ख) सदस्यको पदबाट राजिनामा दिएमा,
(ग) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटकभन्दा बढी परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम राजिनामा दिँदा अध्यक्षले मन्त्रालय मार्फत नेपाल सरकार समक्ष र अन्य सदस्यले अध्यक्ष समक्ष दिनु पर्नेछ ।