नियम २३
सन्दर्भ ब्याजदरको आधार र् प्रक्रिया
: (१) ऐनको दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्दा देहायका आधार लिनु पर्नेछ :-
(क) बचत तथा क्रणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घहरूको औसत ब्याजदर, (ख) सहकारी बेङकहरूको -औसत ब्याजदर,
(ग) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम “क” बर्गको इजाजतप्राप्त बैङ्कहरूको औसत ब्याजदर,
(घ) ब्याजदरका : सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदनहरू,
(ङ) राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घहरूबाट प्राप्त सुझाव,
(च)/ सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरू ।
(२) उपनियम (१) बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गर्दा: सामान्यतया देहायका सिद्धान्तहरू अवलम्बन गर्नु पर्नेछ :-
(क). बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी,
(ख) क्रणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी,
(ग) बचत र क्रणको ब्याजदरको अन्तर छ प्रतिशतभन्दा घटी । (३) यस नियम बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा क्रणको किसिम एवं प्रयोजन हेरी शहरी तथा ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै दर कायम गर्न सकिनेछ ।
(४) यस नियम बमोजिम निर्धारण भएको सन्दर्भ ब्याजदर आवश्यकता अनुसार पुनरावलोकन गर्नु पर्नेछ ।
(५) ऐनको दफा ५१ बमोजिमको समितिको निर्णय बैठकमा उपस्थित सदस्यहरूको बहुमतबाट हुनेछ ।
(६) ऐनको दफा ५१ बमोजिमको समितिले वार्षिक रूपमा सन्दर्भ ब्याजदर परिपालना अवस्थाको मूल्याङ्कन गरी सन्दर्भ ब्याजदरको सम्बन्धमा मन्त्रालयमा आवश्यक सुझाव सहितको प्रतिवेदन दिनु पर्नेछ।
(७) यस नियम बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गरिएको जानकारी: मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कमा पठाउनुका साथै: कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।
(८) राष्ट्रिय सहकारी महासङ्घ तथा केन्द्रीय बिषयगत सहकारी सङ्घहरूले सन्दर्भ ब्याजदर निर्धारणको जानकारी आफ्ना सदस्यहरूलाई गराउनुका साथै पालनाको अवस्थाको समेत अनुगमन गर्नु पर्नेछ ।