दफा ५१
सन्दर्भ व्याजदर तोक्न सक्ने
: (१) रजिष्ट्रारले देहाय बमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनका लागि बचत तथा ऋणको सन्दर्भ व्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) र दफा ४१ को उपदफा (४) को कारोबारको अधिकतम सीमा तोक्न सक्नेछ :-
(क) रजिष्ट्रार -संयोजक
(ख) प्रतिनिधि, मन्त्रालय -सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय -सदस्य
(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैङ्क -सदस्य
(ङ) प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्ड -सदस्य
(च) राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष वा
निजले तोकेको सञ्चालक प्रतिनिधि -सदस्य
(छ) प्रतिनिधि, राष्ट्रिय सहकारी बैङ्क -सदस्य
(ज) महासङ्घको अध्यक्ष वा निजले तोकेको
सञ्चालक एक र महासङ्घले तोकेको
केन्द्रीय विषयगत सङ्घहरूबाट दुई जना -सदस्य
(झ) उप–रजिष्ट्रार, सहकारी विभाग -सदस्य सचिव
(२) उपदफा (१) बमोजिम तोकिएको सन्दर्भ व्याजदर सहकारी संस्थाका लागि निर्देशक व्याजदरको रूपमा रहनेछ ।
(३) सन्दर्भ व्याजदर निर्धारणका आधार र प्रक्रिया तोकिए बमोजिम हुनेछ ।