नियम
समन्वय समिति

(१) नेपाल सरकारबाट अनुदान प्राप्त गरेका सहकारी संस्थाले बिक्री गर्ने अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन केन्द्रीय स्तरमा देहायको एक समन्वय समिति रहनेछः–

(क) मन्त्री, कृषि तथा सहकारी मन्त्रालय – संयोजक
(ख) सचिव, अर्थ मन्त्रालय, – सदस्य
(ग) सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य
(घ) सचिव, कृषि तथा सहकारी मन्त्रालय – सदस्य
(ङ) सचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य
(ङ१) अध्यक्ष, राष्ट्रिय सहकारी संघ लिमिटेड – सदस्य
(ङ२) अध्यक्ष, केन्द्रीय उपभोक्ता संघ लिमिटेड – सदस्य
(च) रजिष्ट्रार, सहकारी विभाग – सदस्य–सचिव

(२) पसलले सर्वसाधारण जनतामा पारेको प्रभाव, अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति र पसल सञ्चालनमा देखिएका कठिनाई उपर छलफल गरी समितिले निराकरणको उपायहरु पहिचान गर्नेछ ।

(३) समितिको बैठक प्रत्येक तीन तीन महिनामा बस्नेछ ।

(४) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।