दफा १६३
समय माग गर्न सक्ने

(१) फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत लिखित प्रमाण पेश गर्न सम्भव नभएको कारण खुलाई बादी वाप्रतिबादीले समय माग गरेमा र सो कारण मनासिब देखिएमा अदालतले पन्ध्र दिनसम्मको समय दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको समयभित्र बादी वा प्रतिबादीले त्यस्तो प्रमाण अदालतमा पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको समयभित्र पेश नभएको प्रमाण त्यस्तो मुद्दामा प्रमाणको रूपमा बुझ्न सकिने छैन ।